काठमाडौं – सर्वाेच्च अदालतभित्र वकिलहरूले बिहानैदेखि झमेला गर्नसक्ने देखिएपछि कानून व्यवसायीलाई नेपाल बार एशोसिएशन तर्फबाट सर्वोच्च अदालत प्रवेशमा रोक लागेको छ ।
आज शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै आन्दोलनमा उत्रिएका वकिलहरूलाई बार एशोसिशसनपट्टीको गेटबाट सर्वोच्च अदालत प्रवेशमा प्रहरीले रोक लगाएको छ ।
सर्वोच्च प्रवेशमा रोक लगाएपछि कानून व्यवसायीहरू सर्वोच्च अदालतको मूल गेटबाटै अदालत प्रवेश गर्दैछन् । बारले शुक्रबारबाट जबराविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशन र सर्वोच्च बारले आज शुक्रबार जबरालाई अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।
सर्वोच्च अदालतमा तनाव बढ्ने देखिएसँगै धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।