काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ जारी छ ।
सुनुवाइका क्रममा सर्वाेच्च अदालतका न्यायाधीशको कुरा सुनेपछि अदालतले नै बोलाएको ‘एमिकस क्युरी’की वरिष्ठ अधिवक्ता गीता पाठक आपत्ति जनाएकी छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलाशमा शुक्रबार भएको सुनुवाइमा एमिकस क्युरीको तर्फबाट बद्रीबहादुर कार्कीले सुझाव पेश गरे । कार्कीले न्यायाधीशको संख्या बढाएर यही इजलाशमा सुनुवाइ गर्न सकिने सुझाव दिएका थिए ।
कार्कीको सुझाव सकिएपछि इजलासबाट न्यायाधीशले बहस सकियो भनेपछि वरिष्ठ अधिवक्ता पाठकले आपत्ति जनाइन् । पाठकले पाँचै जनाले इजलाशमा कुरा राख्न पाउनुपर्ने माग गरिन् ।
‘कि कसैको कुरा सुन्नु हुँदैन, नभए पाँचै जनाको कुरा सुन्नुपर्छ,’ सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट एमिकस क्युरीमा गएकी पाठकले भनिन् । पाठकको माग सुनेपछि १५ मिनेटका लागि चिया ‘ब्रेक’ भएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलाशमै सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलाशमा पठाउने भन्नेबारे अदालत आज शुक्रबारै टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । सर्वत्र चासो रहेको संसद विघटनको मुद्दाको सुनुवाइ सर्वाेच्च अदालतमा ढिला हुँदै गइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।