आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज सर्वाेच्चमा देखियो प्रधानन्यायाधीश राणाको नयाँ शैली !

आज सर्वाेच्चमा देखियो प्रधानन्यायाधीश राणाको नयाँ शैली !

  • मिडिया डबली
  • सोमवार, कार्तिक १५ २०७८

  • 4.3K
    SHARES

  • आज सर्वाेच्चमा देखियो प्रधानन्यायाधीश राणाको नयाँ शैली !

    काठमाडौं – विवादमा परेर राजीनामाको चर्काे दबाबमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वाेच्च अदालतमा आज सोमबार नयाँ शैली देखाएका छन् ।

    हिजोसम्म आफ्नो इजलास तोकेर न्याय सम्पादक कार्य चलिरहेको सन्देश दिन खोजेका राणाले आज सोमबार नयाँ शैली अपनाउँदै आफूलाई इजलास तोकेनन् ।

    प्रधानन्यायाधीश राणाले सोमबार आफूबाहेक न्यायाधीशको इजलास तोकेपनि अन्य न्यायाधीशले विरोध फिर्ता लिइसकेका छैनन् । प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच सकारात्मक छलफल भइरहेको चर्चाबीच राणाले आफूबाहेक न्यायाधीशलाई इजलास तोकेका हुन् ।

    न्यायाधीशहरूले समेत प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसनले हातमा कालोपट्टी बाँधेर आन्दोलन गर्दै आएको छ ।

    प्रधानन्यायाधीश राणाले आज सोमवार १० न्यायाधीशका लागि ६ वटा इजलास तोकेका सर्वाेच्चले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २३ २०७७०६:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend