काठमाडौं – सर्वाेच्च अदालतमा देखिएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको खेल निर्णय मोडतिर पुगेको छ ।
जबरासँग वार्ता गर्न न्यायाधीशहरूले ३ सदस्यीय टोली गठन गरेका छन् ।
न्यायाधीशहरु सपनाप्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता टोली गठन गरिएको छ । सर्वोच्चका न्यायाधीशहरुबीचको छलफलपछि गठित वार्ता टोली प्रधानन्यायाधीशसँगको वार्ताका लागि जबराको च्याम्बरमा पुगेको छ ।
टोलीका एक सदस्य न्यायाधीशले भने, ‘वार्ताका लागि जाँदैछौं । वार्तापछि हामी फेरि सामूहिक छलफल गर्छौं ।’
अघिल्लो आईतवारदेखि न्यायाधीशहरुले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।