काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले आईतबारदेखि हातमा कालोपट्टि बाँधेर सुरू गरेको आन्दोलनलाई कानून व्यवसायीहरुले नै चुनौती दिएका छन् ।
नेपाल बार एसोसिएसन परिसरमा कानून व्यवसायीको अर्को एउटा समूहले हातमा सेतोपट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशविरुद्ध प्रदर्शन गरिरहेको छ ।
अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटा लगायत वकिलहरुको नेतृत्वमा कालोपट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको छ ।
सेतोपट्टी आन्दोलनमा लागेका अभिवक्ताहरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।