काठमाडौं – नेकपा एमालेबाट बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा गरेकी छन् ।
आज बुधवार दिउँसो बसिरहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा गरेकी छन् ।
प्रदेशसभा सचिवालयले प्रदेश सभाको बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरेको बेला शाक्यले राजीनामा दिएकी छन् । शाक्यले राजीनामा दिएपछि अब मतविभाजन गर्नु नपर्ने भएको छ ।
प्रदेश सभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस) पार्टीका १३, विवेकशील साझा दलका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का २, राप्रपाका २ र जनता समाजवादी पार्टी (जसपा) नेपालका १ गरी १०९ सांसद रहेका छन् । विश्वासको मत नपाइने देखेपछि शाक्यले राजीनामा दिएकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।