काठमाडौं – बागमती प्रदेश सभामा एकल बहुमत प्राप्त नेकपा एमालेले मुख्यमन्त्री फेरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको छ ।
मुख्यमन्त्री पौडेलले बुधवार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री शाक्यले बुधबारै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने जनाइएको छ ।
आज बुधवार बिहान शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चुनिएको थियो ।
मुख्यमन्त्री पौडेलले बुधबार बागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउने गरी दलको नेता बनाइएको हो ।
एमाले विभाजन गर्दै नेता माधवकुमार नेपालले निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएपछि बागमतीमा मुख्यमन्त्री फेरिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।