आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ खाएलगत्तै नियुक्त गरिन् यी २ मन्त्री

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ खाएलगत्तै नियुक्त गरिन् यी २ मन्त्री

  • मिडिया डबली
  • बुधवार, भाद्र २ २०७८

  • 6.7K
    SHARES

  • मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शपथ खाएलगत्तै नियुक्त गरिन् यी २ मन्त्री

    काठमाडौं – बाग्मती प्रदेश सरकारको मुख्यमन्त्रीमा नवनियुक्त अष्टलक्ष्मी शाक्यले शपथ ग्रहण गरेकी छन् ।

    मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टी नेकपा एमाले संसदीय दलका नेताका रूपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

    नवनियुक्त मुख्यमन्त्री शाक्यले शपथ ग्रहण समेत गरिसकेकी छन् । शाक्य नेपालको इतिहासमा पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।

    शपथ ग्रहणलगत्तै मुख्यमन्त्री शाक्यले २ मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री र कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी छन् । 

    सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एमाले समाजवादी पार्टीमा केन्द्रीय सदस्य थिए ।

    नवनियुक्त मन्त्री खनालले भने आफू नयाँ पार्टीमा नरहेको स्पष्ट पारेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २७ २०७८०७:४६:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend