आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अष्टलक्ष्मी शाक्यलाई आफ्नै मन्त्रीले दिए धोका, आँखै अगाडि यत्रो संकट !

अष्टलक्ष्मी शाक्यलाई आफ्नै मन्त्रीले दिए धोका, आँखै अगाडि यत्रो संकट !

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 9.0K
    SHARES

  • अष्टलक्ष्मी शाक्यलाई आफ्नै मन्त्रीले दिए धोका, आँखै अगाडि यत्रो संकट !

    काठमाडौं – बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको १ हप्तामा  नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् । 

    मन्त्री खनाल गत बुधवार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सिफारिसमा एमालेका तर्फबाट मन्त्री नियुक्त भएका हुन् ।

    मन्त्री खनालले एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको नयाँ दल दर्तामा सनाखत गरिदिएका छन् ।

    खनालले एमाले विभाजित भएर नयाँ दल दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर बुधवार केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेका छन् । 

    नेता खनाल र प्रदेश सभाका सदस्य समेत रहेका अर्का केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले नेकपा एकीकृत  समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखत गरेसँगै  मुख्यमन्त्री शाक्यको सरकार अल्पमतमा परेको छ ।

    प्रदेशसभामा हाल कायम रहेका १०९ जना सदस्यमा एमाले एक्लैको स्पष्ट बहुमत अर्थात् ५६ जना प्रदेशसभा सदस्य रहेका थिए । २ जना खनाल र पाण्डेले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गरेसँगै एमालेको शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend