काठमाडौं - यतिबेला बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको भावी राजनीतिलाई लिएर एमालेमा तीव्र बहस चलेको छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएकै दिन बागमतीमा मुख्यमन्त्री बनेकी शाक्यको पद धरापमा परेको छ ।
एमालेका चार सांसद एकीकृत समाजवादीतिर खुलेकाले शाक्यको संकट गहिरिएको हो । एक सय नौ सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५६ सांसद छन् । बहुमतका लागि ५६ सांसद चाहिन्छ ।
राजेन्द्र पाण्डे, मुनु सिग्देल, कृष्ण खनाल र वसुन्धरा हुमागाईं एकीकृत समाजवादीतिर लागेपछि शाक्यको पद धरापमा परेको हो । एकीकृत समाजवादी पार्टी संघ सरकारमा सामेल भएलगत्तै बागमती प्रदेशको सरकार परिवर्तन हुने बताइन्छ ।
गठबन्धन दलका अनुसार अब एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार हुन् । शाक्य मुख्यमन्त्री पदकै लागि एमाले अध्यक्ष केपी ओलीको शरउणमा पुगेकी हुन् ।
विगतमा शाक्यलाई मुख्यमन्त्री बन्न नदिने ओली नै हुन् । अझ राष्ट्रपति विद्यादेवी भण्डारीकै निर्देशनमा डोरमणि पौडेललाई मुख्यमन्त्री बनाइएको, आफूलाई संसदीय दलको नेतामा हराइएको भन्दै शाक्यले त्यतिबेला रोष प्रकट गरेकी थिइन् ।
अहिले शाक्य आफैं भण्डारी र ओली गुटमै रमाउन पुगेकी छन् । आफूलाई अहिलेसम्म साथ दिँदै आएकालाई छाडेर शाक्य किन ओलीसामु लत्रक्क परिन् भन्ने विश्लेषण हुन थालेको छ ।
दुई दिनअघि माधव नेपालले आफ्नै सहमतिमा शाक्य मुख्यमन्त्री बनेको बताउँदै उनी निकै समस्यामा परेको उल्लेख गरे शाक्यको पद धरापमा परेको संकेत गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।