काठमाडौं – नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
सल्लाहकारसहित आज मंगलवार बसेको बारको बैठकले राणासँग राजीनामा माग गर्ने निर्णय गरेको छ ।
बारको मागअनुसार राणाले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने विषयमा बैठकमा छलफल भएको स्रोतले जनाएको छ ।
बार एसोसिएसनले राणाविरुद्ध देशभरका अदालतमा बहस नगर्ने र बहिष्कार गर्ने नीति लिने निर्णय गरेको छ ।
मंगलबार बारको सल्लाहकार समितिका सदस्यहरूले समेत राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेका छन् । समितिका सबैजसो सदस्यले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए देशब्यापी आन्दोलन चर्काउन सुझाव समेत दिएका छन् ।
आज मंगलवारको बैठकमा बोलेका ३७ मध्ये ३६ जना सदस्यले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्न र इजलास बहिष्कार गर्न सुझाव दिएको जनाइएको छ । सल्लाहकार समितिको सुझावअनुसार बारको बैठकले निर्णय लिएको छ ।
प्रधानन्यायाधीश राणाले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।