आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गडबडी गर्ने २ जिल्लाका यी ३ प्रहरी प्रमुखमाथि ‘एक्सन’ 

गडबडी गर्ने २ जिल्लाका यी ३ प्रहरी प्रमुखमाथि ‘एक्सन’ 

  • मिडिया डबली
  • सोमवार, कार्तिक ८ २०७८

  • 3.4K
    SHARES

  • गडबडी गर्ने २ जिल्लाका यी ३ प्रहरी प्रमुखमाथि ‘एक्सन’ 

    काठमाडौं – पदीय जिम्मेवारीअनुरुप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका २ सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखमाथि ‘एक्सन’ लिएका छन् ।

    पदीय जिम्मेवारीअनुरुप काम नगर्दा संगठनको साख नै गिरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले २ जिल्ला प्रमुख र सशस्त्र प्रहरी मुख्यालयले १ जिल्ला प्रमुखमाथि कारवाही गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले कारवाहीस्वरुप २ नम्बर प्रदेशका २ जिल्ला धनुषा र सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) परिवर्तन गरेको छ । धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । यी दुबै एसपीको काज सरुवा गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले धनुषामा रानाभाटको ठाउँमा एसपी वसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईंलाई पठाएको छ । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाईं प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत रहेका छन् ।

    सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सर्लाहीस्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर प्रदेश ३ गढीमाई बाहिनीमा कार्यरत एसपी भरत खनियाँलाई गणको जिम्मेवारी दिएको छ ।

    प्रहरी प्रधान कार्यालयले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले एक सरकारी कार्यालयका प्रमुखलाई अर्धनग्न बनाई बजार घुमाएको घटनामा धनुषा प्रहरी प्रमुख एसपी रानाभाटको काजसरुवा गरेको छ । जनमत पार्टीका कार्यकर्ताले निर्वस्त्र बजार घुमाउँदा पनि मुकदर्शक बनेको भन्दै सुरक्षा निकायको चर्काे आलोचना भइरहेको छ । घटनामा प्रहरी प्रधान कार्यालयले एसपी रानाभाटलाई जिम्मेवारीबाट हटाए पनि सशस्त्र मुख्यालयले धनुषाका एसपी नरेन्द्र सेनलाई जिम्मेवारीमुक्त गरिसकेको छैन । यद्यपि सेनलाई पनि जिम्मेवारीमुक्त गर्न सशस्त्र मुख्यालयमाथि चर्काे दबाब रहेको छ ।

    सर्लाहीका नेपाल प्रहरीका एसपी राठोर र सशस्त्रका एसपी श्रेष्ठलाई तस्करी खुला गरेको, तस्करीकै भोज खाएको र सार्वजनिक ठाउँमा तास खेलेको अभियोगमा ‘एक्सन’ लिइएको छ । उनीहरुसँग मोजमस्ती गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

    गत भदौ २६ गतेको घटनामा उनीहरुमाथि ‘एक्सन’ लिइएको छ । त्यसदिन सर्लाहीस्थित मनुसमारा बेस क्याम्प र मधुवनी बेस क्याम्पका प्रमुखले धेरै कमाएको भन्दै भोजको आयोजना गर्न लगाइएको थियो । भोजमा प्रमुख जिल्ला अधिकारी महतो र एसपीद्वय राठोर र श्रेष्ठ सहभागी थिए । उनीहरुले सार्वजनिक ठाउँमा तास खेल्दै भोजभतेर गरेको भिडियो सार्वजनिक भएपछि कारवाहीका लागि दबाब बढेको थियो ।

    छतौना बेस क्याम्पका प्रमुख इन्स्पेक्टर सन्जीप तिवारी र मधुवनी बेसका इन्स्पेक्टर फणिन्द्र गोलेले उनीहरुको सम्मानमा भोजभतेर कार्यक्रम आयोजना आयोजना गरेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०९:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend