काठमाडौं – सर्वाेच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध विद्रोह गरेका छन् ।
प्रधानन्यायाधीश राणाले भोलि सोमवारका लागि बोलाएको नेपाल बार एशोसिएशनसँगको फुलकोर्ट बैठकलाई न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका छन् ।
सर्वाेच्चका १४ जना न्यायाधीयाशको आईतबार अपराह्न बसेको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश राणाले आईतबार नेपाल बार एशोसिएशनका पदाधिकारीसँगको बैठकमा भोलि सोमबार फुलकोर्टको बैठक बोलाउने र छलफल गर्ने समझदारी गरेका थिए ।
मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश राणाले भाग खोजेको चर्चासँगै उनी विवादमा परेका छन् । विवादकै बीच राणाविरुद्ध सर्वाेच्चभित्रै मोर्चाबन्दी देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।