सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अभियन्ता पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण

अभियन्ता पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ५ २०७८

  • 5.1K
    SHARES

  • अभियन्ता पक्राउ गरिएको घटनाप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण

    काठमाडाैं - राष्ट्रिय एकता अभियानले आफ्ना अभियन्ता पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिताले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

    बंगलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरुमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानको नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको हो ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘ बंगलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रिय संयोजकसहित ४१ जना नेता ,कर्याकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको घटना निन्दनिय रहेको छ ।’

    बंगलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायको अस्थामाथि चोट पुर्‍याएको अभियानकी केन्द्रीय उपाध्यक्ष शाहले बताइन् । बंगलादेशमा हिन्दूहरुले आयोजना गरेको पूजास्थलमा संगठित रुपमा हमला गर्दै आएको घटनाविरुद्ध प्रदर्शन गर्नु कुनै अपराध नरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

    तसर्थ प्रदर्शनको क्रममा पक्राउ परेका अभिानका केन्द्रीय संयोजक यादवसहितका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न अभियानले माग गरेको छ । अभियानका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने उपाध्यक्ष शाहले बताइन् ।

    त्यसैगरी केही दिनअघि बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गर्दै अभियानका केन्द्रीय संयाेजक यादव नेतृत्वकाे टाेलीले नेपालका लागि बंगलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री हसिना समक्ष आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न ज्ञापन पत्र बुझाएकाे थियाे ।

    245072180_406970067593538_8284710344705321152_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २५ २०८००५:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend