सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

संसद विघटन गरिनुको प्रमुख कारण चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानको आरोप

संसद विघटन गरिनुको प्रमुख कारण चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानको आरोप

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 16.6K
    SHARES

  • संसद विघटन गरिनुको प्रमुख कारण चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानको आरोप
    फाइल तस्बिर

    काठमाडौँ- प्रधानमन्त्रीद्वारा संसद नचलेको बेला दुई दुई पटक अध्यादेश ल्याइनु, प्रधानमन्त्रीविरुद्ध उनको आफ्नै पार्टीका सान्सदहरूद्वारा अविश्वासको प्रस्ताव ल्याइनु तथा प्रधानमन्त्रीद्वारा संसद विघटन गरिनुको प्रमुख कारण नेपालमा बढ्दै गएको चिनियाँ हस्तक्षेप रहेको राष्ट्रिय एकता अभियानले ठहर गरेको छ।

    अभियानका सम्योजक विनय यादवले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालमा कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरेपश्चात् आफ्नो स्वार्थ पुर्तीको लागि चीनले अनावश्यक सकृयता बढाई एउटा अमुक पार्टी र त्यस भित्रको पनि एउटा अमुक गुटलाई अदृश्य समर्थन जनाउदा नेपाली जनताले दशकौको संघर्शपश्चात् प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सन्कटमा परेको आरोप लगाएको छ ।

    अभियानले नेपाल कम्युनिस्ट पार्टीको दुवै पक्षसङग राजनैतिक बिचार मिलेकै आधारमा आन्तरिक राजनीतिमा बाह्य शक्तिलाई सम्लग्न नगराउन आव्हान समेत गरेको छ ।

    अभियानले चीनलाई नेपालको आन्तरिक राजनीतिमा हात नहाल्न आग्रह गर्दै मुलुकको कुनै एउटा पार्टी अथवा गुटको आधारमा नभई नेपालको आधिकारिक परराष्ट्र नीति अनुरूप पन्चशीलको आधारमा नेपालसङगको सम्बन्ध अगाडी बढाउन सचेत पनि गराएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २५ २०८००५:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend