काठमाडौं – नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेश भट्टराई बिरामी परेर अस्पताल भर्ना भएका छन् ।
केही दिनदेखि ज्वरो देखिएका नेता भट्टराई आज शुक्रवार दिउँसो वीर अस्पताल भर्ना भएका स्वकीय सचिव प्रेम गुरागाईंले बताएका छन् ।
घरमै उपचार गर्दा निको नभएपछि भट्टराईलाई अस्पताल पुर्याइएको उनले बताए ।
भट्टराईलाई ७ दिनसम्म अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकले दिएका जनाइएको छ । नेता भट्टराईको उपचार अवधिमा सबै खालका भेटघाट बन्द गरिएको गुरागाईंले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।