काठमाडौं - नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार जनतालाई कोभिडविरुद्धको खोप व्यवस्थापनमा सफल भएको बताएका छन् ।
देउवा सरकारको सय दिने उपलब्धिबारे समीक्षा गर्दै खतिवडाले धेरै विषयमा वर्तमान सरकार सफल भएको बताए ।
उनले सय दिनभित्रै वर्तमान सरकारले डेढ करोड डोज खोप ल्याउन सफल भएको र आगामी चैतभित्र सम्पूर्ण जनतालाई खोप लगाउने दाबी गरे ।
प्राइम टेलिभिजनको संवाद कार्यक्रममा नेता खतिवडाले पूर्वप्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका गलत तथ्यांकको भ्रम चिर्दै वर्तमान सरकारले स्पाइनल कर्डका विरामीलाई पाँच हजार भत्ता दिएर राम्रो काम गरेको बताए ।
खोप ल्याउने क्रममा अघिल्लो ओली सरकारले चीनसँग गोप्य सम्झौता गरेर धेरै भ्रष्टाचार भएको आशंका गरे । ओलीले सरकार सञ्चालन गर्न नसकेर बीच सडकमा ल्याएर छाडेपछि देउवाले सरकारको नेतृत्व गर्नुपरेको बताए ।
ओलीले दुई दुईपटक संसद् भंग गरेर अक्षम्य अपराध गरेको दाबी गरे । संवादका क्रममा नेता खतिवडा र थापाबीच निकै गरमागरम बहस भएको थियो ।
वर्तमान सरकारले दैनिक तीन लाख जनतालाई खोप लगाउन सफल भएको बताउँदै चैतभित्र सबैलाई कोभिडविरुद्धको खोप लगाउने उदघोष गरे । यो सरकारले भ्रष्टाचारीलाई अन द स्पट कारबाही गर्ने बताए । ओली सरकारमा भएका भ्रष्टाचारको छानबिन गर्ने उल्लेख गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।