आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय प्रधानमन्त्री मोदीको त्यो कदमले नेपालको लुम्बिनीसम्म फाइदा ! यस्तो छ कारण

भारतीय प्रधानमन्त्री मोदीको त्यो कदमले नेपालको लुम्बिनीसम्म फाइदा ! यस्तो छ कारण

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३ २०७८

  • 4.3K
    SHARES

  • भारतीय प्रधानमन्त्री मोदीको त्यो कदमले नेपालको लुम्बिनीसम्म फाइदा ! यस्तो छ कारण

    काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान उक्त एयरपोर्टको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ ।

    कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरुको आवागमनलाई सजिलो बनाउने मद्दत गर्ने बताइएको छ ।

    २६० करोड रुपैयाँको लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो। नयाँ टर्मिनलले ३ सय यात्रुहरुलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने क्षमताको रहेको छ ।

    कुशीनगर एक अन्तर्राष्ट्रिय बौद्ध तीर्थ केन्द्र हो । जहा भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए । यो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो । बौद्ध सर्किटमा कुशिनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन् ।

    यो एयरपोर्टले बौद्ध धर्मका अनुयायीहरुलाई विदेशबाट लुम्बिनीमा पुर्याउन समेत भूमिका निर्वाह गर्नेछ जसले लुम्बिनीको पर्यटन विकासमा ठूलो मद्दत गर्नेछ । साथै यो एअरपोर्टको निर्माणसंगै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, संकिसा तथा वैशालीको यात्रा यो एयरपोर्टले अब कम समयमा पुरा गर्न सकिनेछ।

    कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टले विश्वका विभिन्न देशहरुबाट आउने तीर्थयात्रीहरुलाई यो क्षेत्रका विभिन्न बौद्ध स्थानसँग जोड्न मद्दत र गर्नेछ । यस एअरपोर्टले एसियाली देशहरु श्रीलंका, जापाम, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, भियतनाम र सिंगापुरबाट आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा ल्याउन ठूलो भूमिका निर्बाह गर्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend