आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राजनीतिमा राष्ट्रिय संकट निम्तिएको सभामुख सापकोटाको घोषणा

राजनीतिमा राष्ट्रिय संकट निम्तिएको सभामुख सापकोटाको घोषणा

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३ २०७८

  • 3.8K
    SHARES

  • राजनीतिमा राष्ट्रिय संकट निम्तिएको सभामुख सापकोटाको घोषणा

    काठमाडौं – प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जारी रहेको गतिरोध संवादको माध्यमबाट हल हुने बताउँदै संसद अवरुद्ध हुँदा राष्ट्रिय संकट निम्तिएको घोषणा गरेका छन् ।

    बुधबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित गृहगाउँको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख सापकोटाले संसद अवरोध हटाउन विपक्षी दल नेकपा एमालेसँग समझदारीको प्रयास भइरहेको बताएका छन् ।

    उनले भने, ‘संसद अवरुद्ध हुनु राष्ट्रिय संकट हो । यो समस्याको हल गर्न समझदारीको लागि प्रयास भइरहेको छ । विपक्षीसँग विभिन्न माध्यमबाट छलफल भइरहेको छ ।’

    कारवाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको विषयमा नेकपा एमालेले प्रतिनिधिसभा बैठक लामो समयदेखि अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आफूले कसैको दबाब र प्रभावमा निर्णय नगर्ने समेत स्पष्ट पारेका छन् ।

    सभामुख सापकोटाले भने, ‘कसैको दबाबमा निर्णय नगर्न आफूले आफैंलाई तयार पारेको छु । सरकारको तर्फबाट प्रधानमन्त्री र संसदको नेतृत्व सभामुखबाट संसद अवरोध हटाउने प्रयास जारी रहेको छ । वाद, विवाद र संवादको माध्यमले गतिरोध हट्ने विश्वास छ ।’

    सभामुख सापकोटाले एकैवर्ष दुई पटक संसद विघटन हुनुलाई राजनीतिमा राष्ट्रिय संकट उत्पन्न भएको बताएका छन् । विश्वमै एकैवर्ष दुई पटक संसद विघटन कतै नभएको बताउँदै उनले भने, ‘यो दुर्भाग्य नेपालमा मेरै कार्यकालमा भयो ।’

    संसद विघटन परिघटनाले आफूलाई विश्वविद्यालय धाउँदा समेत प्राप्त नहुने ज्ञान दिएको सापकोटाले बताए । ‘यदि कसैलाई म मुर्ख छु भन्ने लाग्छ भने उसले ज्ञान लिन थाल्छ र विद्धान बन्छ तर कसैले म विद्धान भइसकें भन्ने सोच्छ भने उसले मुर्खता गर्न थाल्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ९ २०७७०८:१२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend