आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी ३ मन्त्री पदमुक्त हुँदै, ५ जनालाई नयाँ नियुक्त गर्ने तयारी

यी ३ मन्त्री पदमुक्त हुँदै, ५ जनालाई नयाँ नियुक्त गर्ने तयारी

  • मिडिया डबली
  • सोमवार, कार्तिक १ २०७८

  • 10.3K
    SHARES

  • यी ३ मन्त्री पदमुक्त हुँदै, ५ जनालाई नयाँ नियुक्त गर्ने तयारी

    काठमाडौं – पार्टी ह्वीप उल्लंघन गरेको भन्दै कारवाहीमा परेर सांसद पद गुमाएका कर्णाली प्रदेश सरकारका ३ मन्त्री पदमुक्त हुने भएका छन् ।

    सांसद नभई ६ महिनासम्म मात्रै मन्त्री हुन पाइने प्रावधानअनुसार मन्त्रीहरू नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापा पदमुक्त हुन लागेका हुन् । पार्टी ह्वीप उल्लंघन गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले तीनै जना र प्रकाश ज्वालालाई कारवाही गरेको थियो ।

    उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शाही र भौतिक पूर्वाधार विकास मन्त्री थापा पदमुक्त हुने भएका हुन् ।

    संवैधानिक प्रावधान अनुसार स्वतन्त्र हैसियतमा मन्त्री बनेका तीनै जनाको ६ महिने पदावधि कात्तिक १५ गते सकिने भएको छ । गत बैशाख १५ गते तीनै जनालाई मन्त्री नियुक्त गरिएको थियो ।

    तीनै मन्त्री पदमुक्त भएपछि मुख्यमन्त्री शाहीले कर्णालीमा ५ नयाँ मन्त्री थप्ने तयारी गरेका छन् । अब कर्णालीमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सांसदहरू पदम रोकाया र चन्द्रबहादुर शाही तथा सामाजिक विकास समितिका अध्यक्ष देवी ओली मन्त्रीका प्रवल दाबेदार रहेका छन् ।

    कांग्रेसबाट हिमबहादुर शाहीलाई मन्त्री बनाइने चर्चा छ । माओवादीका सांसद विन्दमान विष्ट भौतिक पूर्वाधार मन्त्री बन्ने तथा रातो कामीको समेत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ । 

    तिहारलगत्तै प्रदेश सरकारमा नयाँ मन्त्रीको नियुक्त हुने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १६ २०७७१०:१५:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend