काठमाडौं - कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका ३३ सांसद छन् । जसमध्ये बहुमत १८ जनाले हस्ताक्षर गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि परिस्थिति निकै जटिल बनेको थियो ।
तर, केन्द्रले हस्तक्षेप गरेपछि स्थितिमा सुधार आएको बताइएको छ । कर्णाली प्रदेशमा सरकार टिकाउन नेकपाको संसदीय दलमा १७ जना भए पुग्छ ।
सोमबार रातभरको दौडधूपपछि प्रचण्ड पक्षका दुई र माधवकुमार नेपाल पक्षका सातजनाले हस्ताक्षर फिर्ता लिने तयारी गरेको र विपक्षीहरुले बोलाएको संसदीय दलको बैठकमा आज सहभागी नहुने भएपछि पासा पल्टिएको हो ।
यदि सातजनाले हस्ताक्षर फिर्ता लिएमा शाहीको पक्षमा २२ जना पुग्ने अवस्था छ । कर्णालीमा देखिएको परिस्थितिलाई साम्य बनाउन प्रचण्ड र माधव नेपालले केन्द्रीय सदस्य नीरज आचार्यलाई सुर्खेत पठाएका छन् ।
उनले मुख्यमन्त्री शाही, नेता प्रकाश ज्वाला, सुर्खेतको जिल्ला पार्टी अध्यक्ष धुर्ब शाहीलगायतका नेताहरुसँग छलफल गरेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।