काठमाडौं । केन्द्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद प्रदेशमा पनि पुगेको छ। सबै प्रदेशमा दुई अध्यक्षको विवादको छाँया परे पनि कर्णाली प्रदेशमा भने सतहमै देखिएको छ।
आइतबार नेकपाका १८ सांसदले संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री शाही झन उग्र रुपमा आक्रमित बनेका छन्। उनले केपी ओली निकट मानिने प्रदेश सभामा दलका सचेतदक रहेका गुलाबजंग शाहलाई पदमुक्त नै गरिदिए।
मंगलबार संसदीय दलको बैठक बोलाएर मुख्यमन्त्री शाहीलाई हटाउन खोजवेको गुलाबजंगलाई हटाएर आफू निकटकी सांसद सीता नेपालीलाई सचेतकको जिम्मेवारी दिएका छन्। मुख्यमन्त्री शाहीले यस अघि सचेतक रहको शाहलाई पदमुक्त गरेको पत्र थपाइसकेका छन्।
नयाँ सचेतक नेपालीले भने यस अघि शाहले डाकेको बैठक खारेज गरेर कात्तिक ७ गते विहान ११ बजेलाई बैठक बोलाएकी छन्। संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ। कर्णालीको विवादले केन्द्रमा पनि नेकपा नेताहरुलाई आपत् सिर्जना भएको छ।
प्रचण्डले विहानै गोप्य भेला गरी प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कर्णालीको अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गर्न भनिसकेका छन्। उनले पार्टी एकता गर्दाको सहमति हेक्का गर्न पनि ओलीलाई भनेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।