आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड एक्सनमा उत्रिएपछि कर्णाली प्रदेशमा ओली समूह ‘आउट’, दुई मन्त्रीको जाने भो जागिर

प्रचण्ड एक्सनमा उत्रिएपछि कर्णाली प्रदेशमा ओली समूह ‘आउट’, दुई मन्त्रीको जाने भो जागिर

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 7.4K
    SHARES

  • प्रचण्ड एक्सनमा उत्रिएपछि कर्णाली प्रदेशमा ओली समूह ‘आउट’, दुई मन्त्रीको जाने भो जागिर

    काठमाडौं - कर्णाली प्रदेशमा देखिएको विवादले नेकपा आन्तरिक किचलोमा मात्र परेको छैन, दुई अध्यक्ष तिक्तता तीव्र बढेको छ ।

    केन्द्रमा प्रधानमन्त्री केपी ओलीले पेलेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा ओली पक्षका दुई मन्त्री हटाउने तयारी भएको छ ।

    स्रोतका अनुसार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओली समूहका दुई मन्त्रीलाई हटाएर वरिष्ठ नेता माधव नेपाल समूहका दुई नेतालाई मन्त्री बनाउने तयारी गरेका छन्।

    सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ। रिक्त ठाउँमा चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई नियुक्त गर्न प्रचण्डले मुख्यमन्त्री शाहीलाई निर्देशन दिएको बुझिएको छ ।

    मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend