काठमाडौं- कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सुल्झ्याउन नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।
दुवै अध्यक्षबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । दुई अध्यक्षबीच सहमति हुन नसक्दा विवाद थप बढ्ने आशंका गरिएको छ ।
यद्यपी विवाद समाधानका लागि छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको बताइएको छ । केही दिन अघि संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएपछि नेकपा कर्णाली प्रदेशमा विवाद उत्पन्न भएको थियो ।
प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए ।
प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । सोहीअनुरुप दुईजना अध्यक्ष आइतबार छलफलमा जुटेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।