काठमाडौं – नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण गृह मन्त्रालय सम्हालेको ३ महिनापछि गृहजिल्ला रुपन्देही जान लागेका छन् ।
गत असार २९ गते गृहमन्त्री भएका खाँण कात्तिक १ गते सोमबार पहिलोपटक गृहजिल्ला रुपन्देही जान लागेका छन् ।
कांगे्रस नेता स्व. प्रेम खरेलको शोकसभामा सहभागी हुन खाँण रुपन्देही आउन लागेका रुपन्देही कांग्रेसले जानकारी दिएको छ । खाँण आएको मौकामा नेपाली कांग्रेस रुपन्देहीले बधाई तथा सम्मान कार्यक्रम राखेको नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।
पार्टी कार्यालय भैरहवामा बिहान १० बजे खाँणको सम्मानमा पार्टीले भेटघाट कार्यक्रम राखिएको उनले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।