आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्चको आस्था र विश्वासप्रति संवेदनशील रहन प्रधानन्यायाधीश राणाको यस्तो सन्देश

सर्वाेच्चको आस्था र विश्वासप्रति संवेदनशील रहन प्रधानन्यायाधीश राणाको यस्तो सन्देश

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २९ २०७८

  • 3.0K
    SHARES

  • सर्वाेच्चको आस्था र विश्वासप्रति संवेदनशील रहन प्रधानन्यायाधीश राणाको यस्तो सन्देश

    काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अनावश्यक टिकाटिप्पणीले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्ने जनाएका छन् ।

    आज शुक्रवार विजयादशमी, दीपावली, छठ लगायत चाडपर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले आफू निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिबद्ध रहेको बताए ।

    शुभकामना सन्देशमा उल्लेख छ, ‘नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवं स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिवद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढता समेत व्यक्त गर्दछु ।’ 

    प्रधानन्यायाधीश राणाले अनावश्यक रूपमा हुने आशंका र टिकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्ने भन्दै त्यसप्रति संवेदनशील रहन पनि आग्रह गरे ।

    राणाले भनेका छन्, ‘अनावश्यक रुपमा हुने आशंका वा टिकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्न सक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै आसन्न चाडपर्वहरुले न्यायपालिकाको श्रीवृद्धिका लागि हामी सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्नसक्ने थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्नेछन् भन्ने कामनासमेत गर्दछु ।’ 

    उनले दशैं, तिहार, छठजस्ता पर्वले सदिऔंदेखि नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको जनाएका छन् । 

    cj.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २३ २०७७०६:४६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend