काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालजस्तो मुलुकमा प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताएका छन् ।
भिडियो सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले देशको वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।
‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं,’ ज्ञानेन्द्र शाहले भनेका छन् ।
देशको राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रका गुट र उपगूटमा अल्झिएको शाहले बताएका छन् ।
उनले प्रश्न गरे, ‘कोरोना महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महंगी र अस्थिरताको भूमरीमा फसेका आमनेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।