काठमाडौं - जबजब नेपाली कांग्रेसको सरकार बन्छ वा गृह मन्त्रालय कांग्रेसको भागमा पर्छ, तबतब एउटा न एउटा गोलीकाण्ड भएरै छाड्छ । जसकारण नेपाली कांग्रेसले क्षति बेहोर्दै आएको छ ।
०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए । गृहमन्त्री कांग्रेस नेता विमलेन्द्र निधि थिए ।
प्रमुख प्रतिपक्षी दल एमालेले मेची काली अभियान सुरु गरेको थियो । सप्तरीको मलेठमा एमाले कार्यकर्ता र प्रहरी तथा मधेसी दल केन्द्रित दलका कार्यकर्ताबीच झडप भयो । स्थिति यस्तो तनावपूर्ण बन्यो कि गोली नै चल्यो । गृहमन्त्री निधिकै निर्देशनमा गोली चलेको हल्ला फैलाइयो । गोली प्रहारबाट चारजना मारिए । त्यो घटनाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ठूलै क्षति व्यहोर्यो ।
अहिले गृहमन्त्री बालकृष्ण खाँण छन् । उनी कांग्रेसका प्रभावशाली युवा नेता पनि हुन् । तर, आइतबार उनकै गृहजिल्ला रुपन्देहीमा चारजनाको झडपमा मृत्यु भयो । अहिले एमाले प्रतिपक्षी दल छ । उसले कांग्रेसविरुद्ध प्रोपोगन्डा फैलाइसकेको छ । दशैंको मुखमा कांग्रेस सरकारले चारजना सुकुम्बासीको हत्या गरेको भन्दै प्रचार गराइएको छ ।
बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा यस्तो घटना भएको हो ।
हुलदंगामा गम्भीर घाइते भएकालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा तीनजना र उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरी र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज अस्पताल भैरहवाले जनाएको छ ।
तर एमाले प्रचार संयन्त्रले प्रहरीको गोलीबाट हत्या भएको भ्रम छर्दै आएको छ । यदि गृहमन्त्री खाँण थोरै सम्हालिएको भए एमालेले यसरी प्रोपोगन्डा फैलाउन पाउँदैनथ्यो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।