काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दशैंमा आयोजना हुने सार्वजनिक कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् ।
पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने उल्लेख गरिएको छ ।
पूर्वराजा शाहले दशैंका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम समेत नगर्ने भएका छन् ।
कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैंका कार्यक्रममा सहभागी नहुने भएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।