काठमाडौं – नेपाली युवाहरू रोजगारीका लागि भौतारिरहेका बेला ठूलो संख्यामा रोजगारी खुलेको छ ।
नेपाल प्रहरीले झण्डै ६०० जनालाई रोजगारी दिने गरी भर्ना खोलेको छ ।
जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरुमा जागिर खुलेको छ ।
प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ । इच्छुकहरुलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० दस्तुर लाग्ने जनाइएको छ ।
प्रसनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ । प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड राखिएको छ ।
पढ्नुहोस् सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।