काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य थापाले नेता भानुभक्त जोशीले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको घटनालाई वल्लो घरको नरे पल्लो घरमा सरे शैली देखिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले केन्द्रीय कमिटीको पछिल्लो बैठकमा पार्टी छाड्ने छनक उनले दिएको समेत स्मरण गरेका छन् ।
थापाले लेखेका छन्, ‘नक्कली ढोंगको पटाक्षेप – भानुभक्त जोशी, वल्लो घरको नरे पल्लो घरमा सरे शैलीमा बसाइ सरेछन् । केन्द्रीय कमिटीको पछिल्लो बैठकमा उनले छनक दिएका थिए, अब एमालेमा रहँदैनन् ! यी लगायत केही सदस्यहरूले १० बुँदे कार्यान्वयनमा जोड दिँदा प्रयोग गरेको भाषा अचम्मको थियो – बहानाबाजी मात्रै ।’
बिहीबार नेता जोशीले एमालेबाट राजीनामा दिएर एकीकृत समाजवादी पार्टीको सदस्यता लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।