काठमाठौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध ४ जना पूर्व प्रधानन्यायाधीशले प्रेस विज्ञप्ति जारी गर्दै असंवैधानिक भनेपछि ओलीका प्रेस सल्लाहकार सूर्य थापा चिढिएका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पूर्व प्रधानन्यायाधीशको वक्तव्यबाजी संवैधानिक व्यवस्थाको बर्खिलाप रहेको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘४ जना पूर्व प्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको छ । यसले अदालतलाई प्रभावित गर्ने र भीडको निहीत चाहना मुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ ।’
थापाले यस्तो देखाए संवैधानिक व्यवस्था –

यस्तो थियो प्रेस विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।