आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली पशुपतिनाथ मन्दिर पुगेपछि सूर्य थापालाई प्रचण्डको भैंसी पूजा याद !

ओली पशुपतिनाथ मन्दिर पुगेपछि सूर्य थापालाई प्रचण्डको भैंसी पूजा याद !

  • मिडिया डबली
  • बिहिवार, माघ १५ २०७७

  • 6.9K
    SHARES

  • ओली पशुपतिनाथ मन्दिर पुगेपछि सूर्य थापालाई प्रचण्डको भैंसी पूजा याद !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १२ माघ गते बिहान पशुपतिनाथ मन्दिरमा पूजा गरेपछि सर्वत्र प्रशंसा भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले दाबी गरेका छन् ।

    थापाले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा भैंसीको पूजा गरेको भन्दै कटाक्ष समेत गरेका छन् 

    ‘भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वाभाविक मानिँदैन,’ पशुपतिमा खिचिएको ओलीको तस्वीर र सुनसरीमा प्रचण्डले भैंसीको पूजा गर्दै गरेको तस्वीर राखेर फेसबुकमा थापाले लेखेका छन् । 

    पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको  निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गरेका प्रधानमन्त्री ओलीले सुनको जलारी निर्माणका लागि ३० करोड रुपैयाँ सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

    ‘मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट  ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो,’ थापाले लेखेका छन् ।

    oli.jpg

    थापाका अनुसार हालसम्म पित्तल र तामाको जलारी थियो भने अब १४१ किलो सुनको जलारी बन्ने पक्का भएको छ । ‘दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ,’ उनले लेखे ।

    prachand.jpg

    दोस्रो तस्वीर भनेर थापाले प्रचण्डले भैंसीको पूजा गर्दै गरेको तस्वीर पनि राखेका छन् । सोही तस्वीरलाई संकेत गर्दै उनले लेखेका छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो । भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिँदैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend