काठमाडौं - नेपालीहरूको महान चाड दशैं आजबाट सुरु भएको छ । घटस्थापना सुरु भएसँगै घरघरमा दशैंको रौनक सुरु भइसकेको छ । तर यो दशैंमा दुई व्यक्तित्वलाई ठूलै संकट आइपर्ने संकेत देखिएको छ ।
विप्लव नेकपाका सर्लाही नेता कुमार पौडेलको इन्काउन्टरबाट गरिएको हत्या अभियोगमा यी दुई ‘सेलिब्रिटी’ माथि संकटको तरबार झुन्डिने देखिएको स्रोतले बताएको छ ।
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध कुमार पौडेलको हत्या अभियोगमा अनुसन्धान गर्न रिट निवेदन दर्ता गरेपछि उनीहरू संकटमा परेका हुन् ।
गृह मन्त्रालय उच्च स्रोतका अनुसार यो दशैंकै बेला दुवैलाई अनुन्धानका लागि हिरासतमा लिने सम्भावना बढी छ । नेत्रविक्रम चन्द विप्लवलाई कमजोर बनाउन र उनको आन्दोलन कमजोर बनाउन एमाले सरकारका पालामा गृहमन्त्री थापाले तत्कालीन प्रहरी महानिरीक्षक खनाललाई प्रयोग गरी पौडेलको हत्या गराएको उनको परिवारले आरोप लगाएको छ ।
मानवअधिकार आयोगले यो हत्या नै भएकाले घटनामा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको थियो । आयोगले बादल र खनालको नामसमेत किटान गरेरै कारबाही गर्न भनेकाले पनि उनीहरू यो घटनामा फस्न सक्ने देखिएको छ ।
यदि पौडेल हत्यामा दोषी देखिएमा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका बादलको राजनीति चौपट हुने भएको छ । त्यस्तै, पार्टी प्रवेश गरेर राजनीतिमा होमिने योजना बनाएका खनाल पनि संकटमा पर्ने भएका छन् ।
खनालमाथि यसअघि नै एमाले सांसद महेश बस्नेतसँग मिलेर सांसद अपहरण गरेको आरोप लागिसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।