आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतले १० लाख डोज कोरोना विरुद्धको खोप छिट्टै पठाउँदै

भारतले १० लाख डोज कोरोना विरुद्धको खोप छिट्टै पठाउँदै

  • मिडिया डबली
  • बिहिवार, आश्विन २१ २०७८

  • 4.4K
    SHARES

  • भारतले १० लाख डोज कोरोना विरुद्धको खोप छिट्टै पठाउँदै

    काठमाडौं – भारतबाट यसै साता १० लाख डोज कोरोना विरुद्धको कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ ।

    खोप शनिवार नेपाल ल्याइपुर्‍याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ ।

    महाशाखाका प्रमुख उपेन्द्र ढुंगानाले सरकारले गत फागुनमा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई रकम भुक्तानी गरेर पनि आउन बाँकी १० लाख डोज खोप शनिवारसम्ममा आइपुग्ने बताए ।

    कोभिड–१९ संक्रमणको दोस्रो लहर सुरू भएपछि भारतमा धेरै जनसंख्या प्रभावित हुँदा त्यहाँको सर्वोच्च अदालतले खोप आफ्ना नागरिकलाई दिएर मात्र अन्य देशमा निर्यात गर्न आदेश गरेको थियो । त्यसैलाई कारण देखाएर कम्पनीले खोप नेपाल निर्यातलाई स्थगित गरेको थियो । 

    भारतबाट ल्याइने खोप पहिलो डोजका रुपमा कोभिसिल्ड वा अस्ट्राजेनिका लगाएकाहरुलाई दोस्रो डोज दिने र अन्य समूहलाई पनि क्रमशः दिँदै जाने तयारी भइरहेको ढुंगानाले बताएका छन् ।

    खोप अभियान कहिले सञ्चालन हुने भन्ने कुराको भने यकिन नभइसकेको उनले बताए । यसअघि नेपाललाई भुटान, जापान र बेलायतबाट प्राप्त अस्ट्राजेनिका पनि पहिलो डोज पनि दिइएको छ । पहिला कोभिसिल्ड लगाएर दोस्रो डोज लाउन नपाएका ज्येष्ठ नागरिकलाई पनि दोस्रो डोजका रुपमा अस्ट्राजेनिका खोप दिइएको थियो ।

    दशैं आइसकेकाले पहिलाकै अभियानलाई निरन्तरता दिने वा दशैंपछि मात्र खोप सुरू गर्ने दुबै सम्भावना रहेको ढुंगानाले बताए । महाशाखाका अनुसार १२–१८ वर्षमुनिकालाई दिने भनिएको फाइजर खोप समेत दशैंपछि १ लाख डोज नेपाल आइपुग्ने भएको छ । 

    अमेरिकामा उत्पादित माइनस ९० डिग्रीमा भण्डारण गर्नुपर्ने खोपका लागि आवश्यक रेफ्रिजेरेटर युनिसेफले व्यवस्थापन गरिसकेको महाशाखाले जानकारी दिएको छ । 

    कोभ्याक्स सुविधाअन्तर्गत आइपुग्ने खोप सुरूमा भण्डारण अनुभवका लागि उचित हुने कोभिड–१९ खोप सल्लाहकार समिति सदस्य डा. श्यामराज उपे्रतीले बताएका छन् । १८ वर्षमुनिका बालबालिकालाई दिने प्रयोजनका लागि नेपालले ६० लाख खोप किन्ने सम्झौता भइसकेकोमा आवश्यक भण्डारणका लागि दातृ निकायले नै रेफ्रिजेरेटरको सहयोग गरिरहेको महाशाखाले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend