आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने - नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऊ

भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने - नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऊ

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 11.1K
    SHARES

  • भत्ता काटिएकोमा आपत्ति जनाउँदै भूपू सैनिक भने - नेपाल-भारत मैत्री सम्बन्धलाई बलियो बनाऊ

    काठमाडौं - सयुक्तं भूपू सैनिक एवम प्रहरी कल्याणकारी महासंघले कोरोना महामारीलाई देखाउँदै आफ्नो भत्ता काटिएकोमा आपत्ति जनाएको छ ।

    त्यसैगरी नेपाल-भारतको मैत्री सम्बन्ध सदियौं पुरानो भएकोले दुई मुलुकबीचको नाता दुई छिमेकी देशको आधारमा मात्र नभएर धार्मिक, सांस्कृतिक तथा पारम्परिक सभ्यता र भौगोलिक समान्ता र निर्भरता माथि आधारित भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "हाम्रो सम्बन्ध जनस्तरसँग जोडिएको छ । हामी भारतीय भूपू सैनिकहरुको लागि दुबै देश बन्दनीए छन् ।

    त्यसकारण यो सदियौं पुरानो सम्बन्धलाई अझै बलियो बनाउन नेपाल सरकारसँग अनुरोध गर्न चाहान्छौं । कोभिड-१९ महामारीकै समयमा पुरानो सीमा विवादलाई लिएर दुई देश बिच जो तिक्तता देखा परेको छ यसले यस महासंघमा आबद्ध एक लाख पचास हजार भूपू। सैनिक तथा ५० हजार सेवारत भारतीय सैनिक र उनका परिवारहरु निकै चिन्तित रहेको अवगत गराउन चाहान्छौं ।"

    दुवै देशबीच मित्रता कायम गरी अमनचयन र विकास देख्‍न चाहेको बताइएको छ । विज्ञप्तिमा थप भनिएको छ, "कालापानी, लिम्पियाधुरा सीमा विवाद धेरै पहिला समाधान हुनुपर्ने किनकि सुगौली सन्धि सम्पन्न भएको पनि २०० वर्ष भन्दा धेरै भइसक्यो । जे होस अझैपनि दुई पक्षीय वार्ताबाट यो विवादलाई समाधान गर्न हाम्रो महासंघले सरकारसँग अनुरोध गर्दछ ।"

    उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको भूमि कब्जा गरेको भन्‍ने आएकोले चीनसँग पनि यो विषयलाई उठाएर हाम्रो धर्ती नेपाललाई हस्तान्तरण गर्ने वातावरण दुई पक्षीय वार्ताबाटै बनाउन आवश्यक भएको महासंघले जनाएको छ ।

    भत्ता काटिएकोमा आपत्ति

    भारतीय र ब्रिटिश भूपू सैनिकहरुलाई लक्षित गरी तीनीहरुलाई सामाजिक सुरक्षाबाट वन्चित गरिएकोमा महासंघले घोर आपत्ती जनाउँदै सरकारले भन्ने गरेको समृद्ध नेपाल सुखी नेपालीको ठिक विपरीत दिशा तिर लागेको र न्यून आय आर्जन हुनेको स्तर उन्नति हुने खाले कुनै योजना नल्याएको आरोप लगाएको छ ।

    विज्ञप्तिमा भनिएको , "बरु जनप्रतिनिधि र तिनै तहका पदाधिकारीहरुको सेवा सुविधा घुमाउरो पाराले वृद्धि गरी गरिब जनताको घाँटी रेटेको र यस्तै दलाल र भ्रष्ट प्रवृत्तिमा अंकुश नलगाए यो महासंघ मुखदर्शक बनेर नबस्‍ने र सरकारलाई आफ्नो निर्णयमा पुन: विचार गरि यथास्थितिमै सामाजिक सुरक्षा भत्ताको नीति कायम राख्‍न हार्दिक अनुरोध गर्दछौं ।"

    यसो नभए पूर्व सैनिकहरु सडकमा देखिने अवस्था श्रीजना हुने चेतावनीसमेत दिइएको छ । विज्ञप्तिमा भनिएको छ, "हामी पूर्व सैनिकहरुलाई सरकारले निवृत्तभरण दिन परेको छैन । त्यो जुन देशको सेवा गर्‍यो त्यहि देशले दिरहेको छ । हाम्रो निवृत्तभरणमार्फत देशमा एक दिनमा करिब २० करोडको रकम भित्रिएको छ । सेवाको समयमा हाम्रो बेतन पनि देशमा भित्रिने गर्‍यो । हामीले विदेशको सेवा गरेपनि आफ्नो देशको अर्थव्यवस्थामा बल पुऱ्याउने योगदान गर्दै आइरहेको छौं । आज देशले वृद्ध अवस्थामा पाउने सामाजिक सुरक्षा भत्ता जो कि निम्‍न मात्र छ, बाट हामीलाई वन्चित गराउँदा हामीले समाजिक भत्ता भन्दा पनि समाजिक सम्मानबाट नै वञ्चित भएको महसुस गरिरहेका छौं ।"

    1.jpeg

    2.jpeg

    3.jpeg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०५:०९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend