काठमाडौं – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसहित ४ जनाविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सफाइ दिने फैसला गरेको छ ।
गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सार्वजनिक रूपमा संयुक्त वक्तव्य दिएका ४ पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै अवहेलना मुद्दा दायर भएको थियो ।
अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणा र सपनाप्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिइएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्व प्रधानन्यायाधीशले पुस २४ गते संयुक्त रूपमा विघटनलाई सदर नगर्न सर्वोच्च अदालतमा आह्वान गरेको आरोप थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।