आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बादलविरुद्ध हत्याकाण्डको उजुरी दर्ता गरेर कारवाही अगाडि बढाउन सर्वाेच्चको आदेश

बादलविरुद्ध हत्याकाण्डको उजुरी दर्ता गरेर कारवाही अगाडि बढाउन सर्वाेच्चको आदेश

  • मिडिया डबली
  • बिहिवार, आश्विन १४ २०७८

  • 9.3K
    SHARES

  • बादलविरुद्ध हत्याकाण्डको उजुरी दर्ता गरेर कारवाही अगाडि बढाउन सर्वाेच्चको आदेश

    काठमाडौं – तत्कालीन विद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता कुमार पौडेलको इन्काउन्टर हत्या प्रकरणमा मृतक परिवारले दिएको उजुरी दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाउन सर्वाेच्च अदालतले आदेश दिएको छ ।

    सर्वोच्चका न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरि फुयाँलको संयुक्त इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको छ । जाहेरीमा दुर्गादेवीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललाई विपक्षी बनाएकी छन् ।

    उजुरीकर्ता पौडेलले छोरालाई गैरकानूनी रूपमा हत्या गरिएको भन्दै प्रहरीमार्फत जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन खोजेपनि प्रहरीले जाहेरी दर्ता गरेको थिएन । प्रहरीले जाहेरी दर्ता नगरेपछि उनी अदालत पुगेकी थिइन् । अदालतले जाहेरी दर्ता गरेर कारवाही अगाडि बढाउन आदेश दिएको छ ।

    सर्वाेच्चको आदेशमा उल्लेख छ, ‘यो आदेशको सूचना प्राप्त भएको मितिले ७ दिनभित्र आफूसमक्ष प्राप्त भएको निवेदिकाको जाहेरी दर्खास्त जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा–निवेदिकाबाट सनाखत गराउने उपयुक्त व्यवस्था मिलाई निवेदिका दुर्गादेवी पौडेललाई भरपाई उपलब्ध गराई यथाशीघ्र यस अदालतलाई जानकारी गराउनू ।’

    उजुरीकर्ता पौडेलले दिएको जाहेरीमा १० जना सरकारी अधिकारीमाथि अनुसन्धान गर्न आग्रह गरिएको छ । जाहेरीमा कुमारको हत्या भएको दावी गर्दै सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, २ नम्बर प्रदेश प्रहरी प्रमुख तत्कालीन डीआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सूर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह.र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न आग्रह गरिएको छ ।

    जाहेरीमा पूर्व गृहमन्त्री बादल र पूर्व आईजीपी खनालमाथि समेत अनुसन्धान गर्न माग गरिएको छ । प्रहरीको विशेष ब्यूरोबाट खटिएको टोलीको गोली प्रहार गरेर २०७५ असोज ५ गते विप्लब नेकपाका नेता पौडेललाई मारेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २ २०७७०३:२०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend