आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

इलाममा यसरी कांग्रेस सभापति बन्दैछन् डम्बर खड्का

इलाममा यसरी कांग्रेस सभापति बन्दैछन् डम्बर खड्का

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 7.0K
    SHARES

  • इलाममा यसरी कांग्रेस सभापति बन्दैछन् डम्बर खड्का

    काठमाडौं -  इलाममा नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी निकै बढेको छ । वडा, पालिका तह र प्रदेश क्षेत्रीय अधिवेशन सकिएपछि अब सबैको ध्यान जिल्ला अधिवेशनमा केन्द्रित भएको छ ।

    इलाममा १८ सय प्रतिनिधिले जिल्ला अधिवेशनमा मत हाल्न पाउनेछन् । ती सबै प्रतिनिधि छनोट भइसकेकाले अहिले सभापतिमा उम्मेदवारी घोषणा गरेकाहरू आ–आफ्नो लबिङमा लागेका छन् ।

    इलाम कांग्रेस सभापतिका लागि युवा नेता एवं समाजसेवी डम्बर खड्काले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा निकट छन् ।

    भेषराज आचार्य, केशव थापा र हिमालय कर्माचार्य पनि चर्चामा छन् । कर्माचार्य दुईपटक सभापति भएकाले यसपटक सम्भावना निकै कम छ । उनी केन्द्रमा प्रकाशमान सिंह निकट हुन् ।

    आचार्य डा.शेखर कोइराला निकट मानिन्छन् । थापाले आफूलाई देउवा निकट नेता मान्दै आए पनि चुनावका बेला मात्र इलाम जाने गरेकाले उनको सम्भावना निकै कम भएको कांग्रेसमा चर्चा छ ।

    चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा युवा नेता खड्का निकै बलियो देखिएका छन् । माई नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिका, माङ्सेवुङ गाउँपालिका, सन्दकपुर गाउँपालिका, चुलाचुली गाउँपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकामा आफ्नो पक्षका बहुमत प्रतिनिधि चयन भएको नेता खड्काले जानकारी दिएका छन् ।

    माई नगरपालिका, माइजोगमाई गाउँपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर गाउँपालिकामा खड्का समूहले जितेको छ । यस्तै, माङ्सेवुङ गाउँपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिकासहित अन्य तीन पालिकामा पनि झन्डै ६० प्रतिशत प्रतिनिधि आफू निकट प्रतिनिधि आएको उनको भनाइ छ ।

    नेता खड्का युवा समाजसेवी रूपमा परिचित छन् । कोभिड महामारीका कारण भएको लकडाउनका बेला उनले मन फुकाएर इलामेली जनतालाई सहयोग गरेका छन् ।

    साथै, उनले इलामको विकासमा करोडौं रुपैयाँ व्यक्तिगत रूपमा खर्च गरेका छन् । त्यसैले उनलाई विकासप्रेमी नेताका रूपमा चिनिने गरिएको छ ।

    पार्टी सभापति देउवाले यसपटक युवालाई प्राथमिकता दिने नीति अघि सारेकाले पनि इलाममा विकासप्रेमी नेताको पहिचान बनाएका खड्कालाई पार्टी सभापति बनाउन कांग्रेस नेता कार्यकर्ता अघि बढेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १७ २०७७०८:५७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend