काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री वर्षमान पुन ‘अनन्त’ उपचारका लागि बैंकक प्रस्थान गरेका छन् ।
नेपालका वरिष्ठ चिकित्सकको सल्लाहमा पुनलाई थप उपचारका लागि बैंकक लगिएको हो ।
नेता पुनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती समेत रहेकी छन् ।
पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार सुरू गरिएको थियो । जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार नभएपछि बैंकक लगिएको हो ।
जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएपछि रेफर गरिएको हो । यसअघि २०७२ सालमा समेत उनको बैंककमा उपचार गरिएको थियो ।
नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको सल्लाहपछि थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने बताएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रुपमा संक्रमण भएको जन्डिसले दुःख दिँदै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।