आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले छाडेपछि छलाङ : योगेश भट्टराईकै बराबरीको पदीय हैसियतमा रामकुमारी झाँक्री !

एमाले छाडेपछि छलाङ : योगेश भट्टराईकै बराबरीको पदीय हैसियतमा रामकुमारी झाँक्री !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 10.0K
    SHARES

  • एमाले छाडेपछि छलाङ : योगेश भट्टराईकै बराबरीको पदीय हैसियतमा रामकुमारी झाँक्री !

    काठमाडौं - कुनै समय एमालेमा योगेश भट्टराई र रामकुमारी झाँक्रीलाई धेरैले आइडल नेता मान्थे । योगेश एमाले सचिव भए भने रामकुमारी केन्द्रीय सदस्य थिइन् । दुवै अखिलको अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका नेता हुन् ।

    तर, पछिल्लो समय एमाले विभाजन भएपछि योगेश र रामकुमारी अलग अलग बाटो लागेका छन् । योगेश एमालेमै बसेका छन् भने रामकुमारी नेकपा एकीकृत समाजवादीमा छिन् ।

    एमाले विभाजन भएपछि बनेको एकीकृत समाजवादीको सचिव भएसँगै रामकुमारीको चर्चा फेरि चुलिएको छ । उनलाई महासचिवको दाबेदार मानिँदै आएको थियो । तर, माधवकुमार नेपालले तत्काल बेदुराम भुसाललाई महासचिव बनाएपछि रामकुमारी सचिवमा बसेकी छन् ।

    सचिव भएसँगै अब योगेश भट्टराई र रामकुमारीको पदीय हैसियत बराबर भएको छ । योगेश मन्त्री बनिसकेका छन् । रामकुमारी पनि एक दुई दिनभित्रै मन्त्री बन्ने दौडमा छिन् । सम्भवतः रामकुमारीले शिक्षा मन्त्रालयको जिम्मा पाउने चर्चा छ ।

    एमालेमा रहँदा केन्द्रीय सदस्यमै खुम्चिएर बस्न बाध्य रामकुमारी अब पदाधिकारी हैसियतमा पुगेकी छन् । यदि भविष्यमा एमाले र एकीकृत समाजवादीबीच एकता भएमा रामकुमारीको बढुवा हुने निश्चित छ । साथै, मन्त्रीको पोर्टफोलियो पनि उनको बढ्ने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ९ २०७७०८:३३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend