आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेत्री रामकुमारी झाँक्री केन्द्रीय पदाधिकारीमा बढुवा, कसलाई कुन पद मिल्यो ? सबैको नामसहित

नेत्री रामकुमारी झाँक्री केन्द्रीय पदाधिकारीमा बढुवा, कसलाई कुन पद मिल्यो ? सबैको नामसहित

  • मिडिया डबली
  • बिहिवार, आश्विन ७ २०७८

  • 7.4K
    SHARES

  • नेत्री रामकुमारी झाँक्री केन्द्रीय पदाधिकारीमा बढुवा, कसलाई कुन पद मिल्यो ? सबैको नामसहित

    काठमाडौं – नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीले पार्टीका पदाधिकारीको टुंगो लगाएको छ ।

    पार्टीका शीर्ष नेताहरूको बिहीबारको छलफलपछि पदाधिकारीको टुंगो लागेको छ । शीर्ष नेताबीच जुटेको सहमति अनुसार पदाधिकारी सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि लागू हुनेछ ।

    एस पार्टीमा उपाध्यक्ष ४ जनालाई बनाइने छ भने उपमहासचिव २ जनालाई बनाउने सहमति जुटेको छ । पार्टीमा ४ जना सचिव रहने प्रस्ताव तयार भएको छ ।

    पार्टीको उपाध्यक्षमा स्थायी कमिटी सदस्य प्रमेश हमाल, एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे, महिला संघकी अध्यक्ष जयन्ती राई र नेता धर्मनाथ साहको नाम प्रस्ताव गरिएको छ ।

    पार्टीको प्रभावशाली पद महासचिवमा वेदुराम भुसालको नाममा सहमति जुटेको छ । उपमहासचिव डा. विजय पौडेल र प्रकाश ज्वाला बन्ने भएका छन् ।

    एकीकृत समाजवादीको सचिवमा केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री र नागेन्द्र चौधरीको नाम प्रस्ताव गरिने भएको छ । शीर्ष नेतामा सहमति जुटिसकेकाले नेतृत्वको प्रस्तावलाई केन्द्रीय कमिटीले पारित गर्नेछ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend