आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मीनभवनमा रामकुमारी झाँक्रीको खोजी

मीनभवनमा रामकुमारी झाँक्रीको खोजी

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 6.8K
    SHARES

  • मीनभवनमा रामकुमारी झाँक्रीको खोजी

    सुदीप पाैडेल
    काठमाडौं, १ असोज - मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए- हामी यहाँ छौं । 

    भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे । केहीले खल्लो महसुस गरे । नेताको लहरमा अभाव झल्कियो, सो पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँक्रीको । 

    पार्टी दर्ताका बेला निर्वाचन आयोगमा नेपालको हात समातेर पुगेकी झाँक्रीलाई पार्टी कार्यालय उद्घाटनमा खोज्नु स्वाभाविक थियो । तर कार्यकर्ताको इच्छाअनुसार उनी कार्यक्रम अवधिभर कार्यालय परिसरमा देखिइनन् । 

    त्यसो भए किन उपस्थित भइनन् रामकुमारी झाँक्री ? 

    पार्टी दर्ता भएको २४औँ दिनमा पार्टी कार्यालय उद्घाटनमा उनलाई नदेखेपछि कार्यकर्ताबीच कानेखुसी चल्यो- झाँक्री दिदी किन आइनन् ?

    एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेयता झाँक्री सो पार्टीकी रोलमोडलजस्तै भइन् । गत ९ भदौमा नेकपा (एस) दर्ताका लागि सनाखत गर्न जाँदा तत्कालीन प्रस्तावित अध्यक्ष माधवकुमार नेपालको हात तानेर निर्वाचन कार्यालयमा प्रवेश गराएकी झाँक्रीले राजनीतिक वृत्तलाई निकै तताइन् । 

    उनको सो कार्यको पक्ष र विपक्षमा दुवैथरी विचार सार्वजनिक भए । एकथरीले आफ्नो विचार र सिद्धान्तमा झाँक्री अडिग रहेको भन्दै तारिफ गरे भने अर्काेथरीले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै आलोचना गरे । जे होस्, निर्वाचन कार्यालयमा माधव नेपालको हात तानेर कार्यकक्षमा प्रवेश गराउन खोज्ने झाँक्री शुक्रबार पार्टी कार्यालय उद्घाटनमै अनुपस्थित रहिन् ।

    कार्यकर्ताले खोजेपछि पत्ता लाग्यो- उनी काठमाडौं बाहिर रहिछन् ।

    नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार झाँक्री पार्टी कामले सल्यान पुगेकी छन् । तर, झाँक्री भने सल्यानबाट रूपन्देही पुगेकी छन् । झाँक्रीले न्युज कारखानासँग आफू पार्टी कामका लागि रूपन्देही रहेको बताइन् । ‘म पार्टी कामका लागि अहिले रूपन्देही भएका कारण पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन पाइनँ’, झाँक्रीले भनिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend