आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको अवरोध चिर्न आज सर्वदलीय बैठक गर्दै सभामुख सापकोटा

एमालेको अवरोध चिर्न आज सर्वदलीय बैठक गर्दै सभामुख सापकोटा

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 4.0K
    SHARES

  • एमालेको अवरोध चिर्न आज सर्वदलीय बैठक गर्दै सभामुख सापकोटा

    काठमाडौं – प्रतिनिधिसभा संसदमा नेकपा एमालेले गरिरहेको अवरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएका छन् ।

    आज सोमवार दिउँसो साढे २ बजेका लागि सभामुखले बोलाएको बैठक संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

    प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

    बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देनलाई आमन्त्रण गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन् ।

    एमालेले चालू अधिवेशनको पहिलो बैठकदेखि नै संसदमा अवरोध गरिरहेको छ । एमालेले कारवाही गरेका १४ सांसदबारे सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाविरुद्ध एमाले लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ९ २०७७०८:१२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend