काठमाडौं – नेकपा एमाले २०७५ जेठ २ गतेमा फर्किएपछि सचिव योगेश भट्टराईले पार्टी प्रवक्ताको पद किन पाएनन् ? सर्वत्र चासो छ ।
तर सचिव भट्टराईले अहिले पार्टी प्रवक्ता प्रदीप ज्ञवाली नै रहेका बताएका छन् । आज शनिबार बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै भट्टराईले प्रवक्ता को हुने भन्ने आउने बैठकले टुंग्याउने जानकारी दिए ।
सचिव भट्टराईले भने, ‘२०७५ जेठ २ गते प्रवक्ता भन्ने पद थिएन, त्यतिबेला म प्रचार विभाग प्रमुख थिएँ । प्रचार विभाग प्रमुखले नै मिडियामा सूचना तथा पार्टीको निर्णय जानकारी दिने भएकाले म नै प्रवक्ता हो कि भन्ने परेको हो ।’
सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमालेले प्रवक्ता पद सिर्जना गरेर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो ।
सचिव भट्टराईले भने, ‘अब प्रवक्ता उहाँ हुने कि म हुने भन्ने आउने बैठकले टुंग्याउला, सामान्यतया म प्रचार विभागको काम गर्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।