आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामकुमारी झाँक्रीले एमालेको औकात बताइदिएपछि ...

रामकुमारी झाँक्रीले एमालेको औकात बताइदिएपछि ...

  • मिडिया डबली
  • बुधवार, भाद्र २३ २०७८

  • 5.4K
    SHARES

  • रामकुमारी झाँक्रीले एमालेको औकात बताइदिएपछि ...

    काठमाडौं – नवगठित नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो औकात अनुसारको व्यवहार आज बुधवारको संसदमा देखाएको प्रतिक्रिया दिएकी छन् ।

    प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद झाँक्रीले एमालेले बुधवार संसदमा देखाएको व्यवहार स्तरहीन रहेको बताएकी छन् ।

    एमालेले सांसद झाँक्रीसहित १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिँदै विरोध जनाएको छ । एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्दै बुधबारको प्रतिनिधिसभा बैठकमा नारा लगाएको छ ।

    एमालेको विरोधप्रति लक्षित गर्दै सांसद झाँक्रीले भनेकी छन्, ‘संसदका हत्यारा र त्यसका मतियारहरूले संसद बचाउनको लागि निरन्तर लड्नेहरूलाई यो आरोप लगाउनु आफैंमा हास्यास्पद छ र यो स्तरहीन प्रदर्शन, स्तरहीन चरित्रकामाथि खासै प्रतिक्रिया दिन मन छैन ।’ तर तपाईहरूलाई ननिकालेकै कारण एमालेले बैठक अवरुद्ध गर्‍यो नि भन्ने पत्रकारको प्रश्नमा झाँक्रीले थपिन्, ‘उहाँहरूको औकात अनुसारको काम गर्नुभएको छ ।’

    दुईतिहाइ बहुमतको सरकारलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याएको जनाउँदै उनले भनेकी छन्, ‘उहाँहरूले आक्रोश पीडा, रिस, राग, बदला अझै केही दिन लिने नै हो । गैरराजनीतिक चरित्र प्रदर्शनले उहाँहरू नै नांगिनुभएको छ ।’

    सांसद झाँक्रीले केपी ओलीलाई जे लाग्यो त्यो देशमा नहुने बताइन् । ‘खड्गप्रसाद ओलीलाई लाग्या हुने भए त हामीलाई धर्तीमा बाँच्न नदिने गर्नुहुन्थ्यो होला तर उहाँको चाहनाले सबै कुरा हुँदैन । सदन चल्छ, सरकारले बिजनेश दिन्छ । ओलीको चाहनाले हुन्थ्यो भने त हामीलाई उभिन पनि किन दिएको भन्नुहुन्थ्यो होला । उहाँको चाहनाले हुँदैन,’ सांसद झाँक्रीले भनिन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २८ २०७७०२:३५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend