काठमाडौं, २३ भदौ - माओवादी केन्द्रका नेता वर्षमान पुनले दुईपटक संसद् मारेकालाई संसद् अवरोध गर्नु के नौलो भयो र भन्ने टिप्पणी गरेका छन् ।
एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएपछि सञ्चारकर्मीलाई टिप्पणी दिँदै नेता पुनले एमालेमाथि कडा टिप्पणी गरेका हुन् ।
नेता पुनले सभामुख अगिनप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूले नाराबाजी गरेको भन्दै आपत्ति पनि जनाए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला उनले दुई–दुईपटक संसद् विघटन गर्ने निर्णय गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।