काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटा समय–समयमा घमण्ड देखाउँछन् तर अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी खोलेपछि नेता बाँस्कोटाको घमण्ड टुटेको छ ।
नेता बाँस्कोटा निर्वाचित भएको क्षेत्रका दुबै प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादीतिर लागेका छन् । यसरी बाँस्कोटा एक्लिएका छन् ।
नेता बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । तर बाँस्कोटा निर्वाचित भएका क्षेत्रका दुबै प्रदेशसभा सदस्य एकीकृत समाजवादीतिर लागेका छन् ।
काभ्रे–२(१) बाट निर्वाचित लक्ष्मण लम्साल र (२) बाट निर्वाचित बसुन्धरा हुमागाईं एकीकृत समाजवादी पार्टीमा लागेका छन् । प्रदेश सांसद लम्सालका अनुसार पूर्वमन्त्री बाँस्कोटाको गृहवडाका वडाध्यक्ष समेत समाजवादी पार्टीतिर लागेका छन् ।
बाँस्कोटाको गृहवडा मण्डनदेउपुर–४ का वडाध्यक्ष भुवन बजगाईं एकीकृत समाजवादीमा लागेका उनले बताए । बाँस्कोटाको गाउँपालिका अध्यक्ष समेत एकीकृत समाजवादीमै लागेका छन् । मण्डनदेउपुर गाउँपालिकाका अध्यक्ष टोकबहादुर वाइवा नयाँ पार्टीमा लागेका छन् । बाँस्कोटा सबैतिरबाट एक्लिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।