आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेवको प्रधानमन्त्री हुने सम्भावना सधैका लागि सकियो : सुर्य थापा

बामदेवको प्रधानमन्त्री हुने सम्भावना सधैका लागि सकियो : सुर्य थापा

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 6.1K
    SHARES

  • बामदेवको प्रधानमन्त्री हुने सम्भावना सधैका लागि सकियो : सुर्य थापा

    काठमाडौं – नेकपा एमालेका नेता सुर्य थापाले उपाध्यक्ष बामदेव गौतमको प्रधानमन्त्री हुने सम्भावना सधैंका लागि सकिएको बताएका छन् ।

    नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ता गराएपछिको सन्दर्भमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले नेता नेपालले पार्टी विभाजन गरेर अपराध गरेको आरोप लगाएका छन् ।

    थापाले लेखेका छन्, ‘प्रायः आमनिर्वाचन अघि भारत र अमेरिकाका सत्तासीनहरू युद्धको भीषण तयारी गर्छन् । अनि कहिले पाकिस्तान त कहिले कद्दाफी, सद्दाम र लादेन खोज्दै कृत्रिम योजनामा धावा बोलेर चुनाव जित्ने गर्छन्, केही दशकयता यो क्रम देखिंदै आएको छ । नेपालमा भने चुनावको मुखमा एमाले फुटाउने, टुक्र्याउने र चोइट्याउने गर्दै आएको देख्न पाइन्छ, २०५६ मा बामदेवले, २०६९ मा अशोक राई–राजेन्द्र श्रेष्ठले  र २०७८ मा माधवकुमार नेपालले यो अपराधपूर्ण कार्य गरेका छन् । पार्टी फुटाएर हिँडेका बामदेवको प्रधानमन्त्री हुने सम्भावना सधैंका लागि सकियो र जति छट्पटिए पनि अर्थै भएन । अशोक–श्रेष्ठ त मधेशी पार्टीमा पुगेर अंगिकृत नागरिकजस्तो हुन पुगे । अब देख्न बाँकी माधवकुमार नेपालको हरिबिजोग मात्रै रहेको छ । १५ महिनापछि उनको पार्टी नेपाली राजनीतिमा स्यालको सिङजस्तै हराउने निश्चित छ । किनकि जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् र दण्ड दिन मात्रै पर्खिरहेछन् ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १५ २०७७०९:२०:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend