काठमाडौं - एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी खोल्न ठूलो भूमिका खेलेकी नेतृ रामकुमारी झाँक्री फेरि चर्चामा छिन् । आफ्ना कुरा निर्धक्क राख्ने भएकाले पनि उनी युवा पुस्तामा लोकप्रिय छिन् ।
एमाले अध्यक्ष केपी ओलीसँग सिधा टक्कर लिएकी झाँक्री अहिले एउटा टेलिभिजनमा दिएको अन्तर्वार्ताले पुनः चर्चामा आएकी छन् । कान्तिपुर टेलिभिजनबाट सोमबार राति प्रसारण हुने फायरसाइडमा झाँक्रीले निकै दमदार अन्तर्वार्ता दिएकी छन् ।
ओलीविरुद्ध दिएका उनका अभिव्यक्तिले अहिले बालकोटमा छटपटी बढाएको छ । उनले आगामी निर्वाचनमा खड्ग ओलीको पार्टीभन्दा एकै सिट भए पनि बढी आफ्नो पार्टीले ल्याउँछ भनेर दिएको अभिव्यक्तिले ओली क्याम्पमा हलचल मच्चाएको हो ।
उनले निकै कन्फिडेन्टका साथ अर्को चुनावमा एकीकृत समाजवादीले युवा वपुस्ताको भोट पाउने दाबी पनि गरिन् । ‘हामी पार्टीको नीति र सिद्धान्तले खडग ओलीको पार्टीभन्दा एक सिट भए पनि बढी सिट ल्याउँछौं,’ उनले भनेकी छन् ।
नेतृ झाँक्रीले सूर्य चुनाव चिन्ह र एमाले पार्टीको नामकै कारण जनता अब पछि लाग्ने दिन सकिएको पनि घोषणा गरिन् । ओलीकै कारण एमाले क्षतविक्षत भएको भन्दै आफूहरू जबर्जस्ती ढंगले अगाडि आउने पनि उनले घोषणा गरिन् ।
माधवकुमार नेपाललाई अन्तिममा आएर धोका दिने नौ युवा नेताकाु तुलनामा अहिले झाँक्रीको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ ।
उनले ओलीको राजनीतिक भविष्य सिध्याउन माधव नेपाललाई हातमै समाएर निर्वाचन आयोग लगेको तस्बिरले झाँक्री युवा पुस्तामा एक मिसाइल बनेको चर्चा भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।